अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २६ गते।
काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ ।
बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।
निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।