चीनबाट आठ लाख मात्रा भेरोसेल खोप नेपाल आईपुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो । उहाँले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताउनुभयो

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *