चाँदीका गरगहनासहित एकजना वीरगञ्जबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,भदौ ३ गते।

चाँदीका गरगहनासहित एकजनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *