अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने: अमेरिकी राष्ट्रपति जो बाइडन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ ३ गते।

अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

उनले भने आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने छन् ।

तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् ।

बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता ल्याउन चाहन्छन् । तर, अझै पनि अफगानिस्तानमा करीब १५ हजार अमेरिकी नागरिक फसेका छन् ।

जो बाइडनले भने उनले अब अफगानिस्तानको हिंसा रोक्न नसक्ने बताएका छन् । अहिले अफगानिस्तानबाट अन्य मुलुकले आफ्ना नागरिक तथा आफूसँग काम गरेका मानिसहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।

यद्यपि तालिबानले भने मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेका एक दोभाषेलाई तालिबानले खुट्टामा गोली हानेको थियो । केही अमेरिकी नागरिकले पनि आफूहरु तय गरिएको उद्धार उडानसम्म पुग्न नपाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *