अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ ८ गते।
सुनसरी जिल्लामा एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
सोमबार बसेको डिसिसिएमसीको बैठकले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुसार निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाइएको छ ।
सङ्क्रमण अझै बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरूमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाइ हुने पनि सूचनामा उल्लेख गरिएको छ ।