आज थपिए २ हजार ५२ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ४८ हजार २०४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ५२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ४८ हजार २०४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख १९ हजार ३३६जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *