अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।
दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही १३ का वर्ष ३२ कि शुसिला श्रेष्ठ, १४ निवासी वर्ष २९ कि राधिका कुवर, घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र घोराही १४ कि ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त कारका चालक घोराही १५ का ४३ वर्षका नरबहादुर पुनको भने घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । उनीको खुट्टामा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ।