अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ६४०जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ५९ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म निको हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।