मेक्सिकोमा मंगलबार राति शक्तिशाली भूकम्पको धक्का महशुस

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २३ गते।

मेक्सिकोमा मंगलबार राति शक्तिशाली भूकम्प आएको छ।

दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो।

अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।

भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।

मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ। मानिसहरू छाता ओढेर सडकमा उभिएका थिए।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *