दसैँमा घर फर्कने यात्रुहरूको लागि असोज १० गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २ गते।

दसैँमा घर फर्कने यात्रुहरूको लागि असोज १० गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।

दशैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दशैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्षले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *