अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसम देशभर आंशिक देखि सामान्य बदली भएको छ भने बागमती प्रदेशका थोरै तथा प्रदेश १ र २ का एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।