अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको पछिल्लो परीक्षणमा थप १ हजार ५५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ७१ हजार ७३४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।