नेपाली कांग्रेसले पर्सामा आफ्नो निजि पार्टी कार्यालय भवनको उद्घाटन गर्यो

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असोज १ गते।

नेपाली कांग्रेस पर्साले आज आफनो पार्टीको नया भवनको उद्घाटन गरि नया भवन् मा जिल्ला पार्टी कार्यालय  राम्गढ्वा २४ मा सरेको छ ।

पर्सामा नेपाली कांग्रेस को बर्सौ देखि पार्टी कार्यालय बन्ने भनेर सुनेको तर आज बनेर उद्घाटन हुदा पर्सा का नेता तथा कार्यकर्ताहरु मा खुशीयाली छाएको  जिल्ला  सचिव श्याम पटेलले बताएका छन ।

नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आत्माराम ओझा , दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीको भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीको श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसको वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साको सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसको चार तारे झण्डाको झण्डाेतलन गरि सुभारम्भ गर्नु भएको थियो ।

साथै उक्त  कार्यक्रम मा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव हरु  किशोरी साह कानु,श्याम पटेल,सहसचिवहरु  रोशन लामिछाने,किरण सरकार,विधायकशंकरचौधरी,राजेश्वरसाह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल,युवा नेता बैकुण्ठ  श्रीवासतव जिल्ला सदस्य धर्मेन्द्र पटेल नेपाली कांग्रेस पर्सा कृयाशिल सदस्यहरूको बाक्लो उपस्थिति रहेको  थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *