अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ८ गते।
रौतहटबाट कटुवा पेस्तोलसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुहीया बस्नेत २४ वर्षीय सञ्ज साह सोनार, २८ वर्षीय संजिवकुमार महतो, १९ वर्षीय राजेशकुमार चौधरी र गढीमाई नगरपालिका-६ धरमपुर बस्ने २४ वर्षीय दिनेश महरा रहेका छन् ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।