अनलाईन न्युजपाटी,मकवानपुर,समाचारदाता,असोज ८ गते।
१७५ किलो गाँजासहित दुई जनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मोहन स्याङतान र थाहा नगरपालिका-३ का २४ वर्षीय प्रशान्त कार्की छन्।
ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लागूऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।