अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ३० गते।
जनकपुरधाममा विजयादशमीको अवसरमा रावण वध कार्यक्रम यस वर्ष पनि धूमधाम साथ सम्पन्न गरिएको छ । कार्यक्रम हेर्न हजारौं जनकपुरधाम र वरिपरिका गांउघरबाट सर्वसाधारहरुको भिड लागेको थियो ।
१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोको खुसीयालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ ।
जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा ५२ फिटको बनाइएको रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको वध गरि दहन गर्ने गरिएको हो । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला जलाईएको थियो ।
यस वर्ष राम मन्दिरका पुजारी राम गिरीले रावण वध गरेका हुन् ।