दशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिईदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३० गते।

दशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ ।

दशैँको टीका र जमरा चार–पाँच दिनसम्मै लगाउने गरिन्छ । मूल दिन अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज आफन्तजनसँग भेटघाट गर्दै टीका थापेर आर्शीवाद लिने गर्छन् । यसपालि कोरोना भाइरसको जोखिम पनि कायमै रहेकाले विगतका वर्षहरुको जस्तो चहलपहल खासै छैन । तर पनि अघिल्लो सालभन्दा धुमधामले नै दशैँ मनाइरहेका छन् ।

दशैँको मूल दिनमा भेट्न नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् । दशैँको अर्को पाटो भनेको लामो समयपछिको आफन्तजन, नातागोता भेट हुने, सद्भाव साट्ने पनि हो । यसैको निरन्तरतास्वरुप दशैँ टीक अझै केही दिनसम्म जारी रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *