अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३० गते।
साफ च्याम्पियनसिप उपाधिको लागि आज नेपाल र भारत भिड्दै छन् ।
खेल राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुनेछ ।
भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको थियो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।
भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।