भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ४ गते।

भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन मगर रहेका छन् ।

प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए।

मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *