अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ४ गते।
प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम आउने भएका छन्। प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि आउन लागेका हुन्।
अवलोकनका लागि उहाँको टोली बिहीबार (आज) बिहान ८ बजे निस्किएको जनाइएकाे छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी रहेका छन् ।
पाली सेनाको हेलिकप्टरमार्फत टोली काठमाडौँबाट सीधै सुर्खेत जाने र त्यहाँबाट दिपायल पुग्ने कार्यतालिका छ । प्रधानमन्त्रीको टोलीले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिने र त्यसपछि बझाङको थलारा, चैनपुर, बैतडीको ढुंगाडलगायत क्षेत्रको अवलोकनमा जानेछ ।
त्यहाँबा डडेलधुरा सदरमुकाम जाने खाना खाएर जोगबुढा क्षेत्रको अवस्था अवलोकन गर्ने कार्यतालिका रहेको छ । जोगबुढाबाट टोली कञ्चनपुर पुग्नेछ । त्यहाँ बह्मदेव, दोधारा–चाँदनी क्षेत्रको अवलोकन गरी कैलाली जाने कार्यक्रम छ । त्यहाँको अवलोकन तथा बिफ्रिङ सकेपछि भोलि शुक्रबार प्रधानमन्त्रीको टोली धनगढीबाट काठमाडौँ फर्किनेछ ।