अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १० गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा ५८२ जना र २ हजार ३२८ एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ६ सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९० संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै विगत २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २ जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १३७ जना, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको हो । हाल मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।