अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ११ गते।
आज प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दै छ ।
यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो।
आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ।