अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ३० गते।
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।
राति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ।
आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर भत्काइएको हाे ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।
सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा लिएको महतले जानकारी दिनुभयो । साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको उहाँको भनाइा छ ।
आगलागीमा मानवीय क्षति भएको छैन । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।