आज थपिए ४ सय १६ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १२ हजार ४६९ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २९ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ सय १६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १२ हजार ४६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *