अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २९ गते।
जनकपुरधामको देवपुरा रुपैठामा दुई समुदाय बीच भएको झडप साम्य गर्ने उद्देश्यले सात बुँदे सहमति भएको छ ।
सहमति भएपछि निषेधाज्ञा हटाउन लागिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार दुई बीचमा सात बुँदे सहमति भएसँगै अहिले विवाद साम्य भएको छ र निषेधाज्ञा हटाउन लागिएको छ ।
छठ पर्वमा तेलिया पोखरीमा टठ घाट निर्माणको विषयमा दुई समुदायबीच भएको विवाद उत्पन्न भएको थियो । विवादलाई साम्य बनाउन प्रहरी अघि बढ्दा हिन्दू संगठन आक्रमक रुपमा प्रस्तुत भएको थियो ।
त्यसपछि प्रहरी र संगठनबचि झडप भएको थियो । झडपपछि जिल्ला प्रशासनले शनिबार आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । तर, विवाद शान्त नभएपछि आइतबार पुनः मंगलबार राति १० बजेका लागि निषेधाज्ञा तोकिएको थियो ।