चालक अनुमति पत्रको अनलाइन आवेदन कार्यालयका समयमा भर्न नपाउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ३० गते।

चालक अनुमति पत्रको अनलाइन आवेदन सेवाग्राहीले कार्यालयका समयमा भर्न नपाउने भएका छन्।

प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए।

उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन्। उनले भने, ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *