प्रहरी द्धारा ठोरी गाउँपालिकामा ११ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती गरे फडानी

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,कार्तिक ३० गते।

पर्सा प्रहरीले ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक प्रधुमन कार्की नेतृत्वको टोलीले र इलाका प्रहरी ठोरी र पटेर्वा सुगौलीको टोलीले पर्साको ठोरीमा आइतबार  लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो।

ठोरी  गाउँपालिका वडा नम्बर ३ को ब्रहमनगर टोल स्थित रहेको ११ बिगाहको क्षेत्रफलमा लगाइएको गाँजा  खैती फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो।

प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले गाँजा लगाएत अन्य लागु औषधको विरोधमा अभियान संचालनमा रहेको  क्रममा हाम्रो समुहलाई आएको सुचना अनुसार ठोरी गाऊपालिका वडा नम्बर ४ मा व्यवस्थित तरिकाले गाँजाको खेतीनै गरी यसको बिक्री गर्नेको ऊधेशयले लगाएको ११ बिगाहा नष्ट गरेको छ । त्यसैगरी डिएसपी कार्कीले  हाम्रो अभियान निरन्तर जारीनै रहने गरी बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *