अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,मंसिर १७ गते।
भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिए पछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।
नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्र्ने गरी योजना अघि बढाएको जनाइएको छ ।