कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ मलेसियामा पनि फेला पर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर १७ गते।  

मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका हुन्।

संक्रमित व्यक्ति फेला परे पनि कुन देशका नागरिक हुन् भन्ने विषयमा मन्त्रालयले जानकारी दिएको छैन ।

रोजगारका शिलशिलामा काम गर्न पुगको नेपाली श्रमिकहरु भने नयाँ भेरियन्टको जोखिममा परेका छन् । हाल मलेसियामा कम्तिमा ४ लाख नेपाली श्रम गरिरहेका छन् ।

विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *