आज थपिए २ सय ३६ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १९ हजार ७५०पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २५ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ३६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १९ हजार ७५०पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ०६ हजार ५४४जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *