अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,मंसिर २५ गते।
सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोडना स्थित रहेको मुसहर समुदायले बर्षो बर्ष देखि खोलाको पानी खान बाध्य रहेका दलित मुसहर समुदायमा नेपाली काङ्ग्रेस नेता थाहा वरिष्ठ समाज सेबी महेश चौधरीले करिब ४५ घर धुरी रहेका मुसहर समुदायले करिब लामो समय देखि खोलाको पानी खान बाध्य रहेका थिए।
राज्यको सेवा सुबिधाबाट बन्चितीकरणमा परेका मुसहर समुदायलाई लहान नगरपालिकाबाट समेत कुनै किसिमको सहयोग नभएको अवस्था रहेको छ। २१ सयौं सताबदीमा आई पुग्दा बिश्वमा टेक्नोलोजी प्राविधीले निकै फडको मारे पनि लहान १५ का मुसहर समुदायहरु हाल सम्म खोलाको धमिलो पानी खान बाध्य रहेका छन्।
उक्त बस्तीमा समाजसेबि महेश चौधरीको ध्यानाकर्षण भएको छ। समाज चौधरीले उक्त बस्तीमा पुग्दा खोलाको पानी खान्छ सुने पछी मन्कारी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिस्ठान द्वारा खानेपानीको लागी सानो टुवेलभ ठुलो पानी टयाँन्की र पानी तान्ने मोटर सहित खानेपानी धाराको ब्यबस्था मिलाई दिएको हो।
उक्त मुसहर बस्तीमा खानेपानीको प्रबन्ध मिलाईदिदा मुसहर बस्तीका ब्यक्तीहरु निकै खुशी भएका थिए। यस्तै दिन दुखीहरुलाई सहयोग गर्नु स्वभाबिक हो। यस्ता पीडितहरुलाई निकै सहयोग गर्दै आएका छन्।
समाजसेबि महेश चौधरीको श्रीमती कोरोना कालमा समाजसेवा गर्दा गर्दै कोरोना लगेर संसार छोडेर सधैंको लागि अलबिदा भएको थियो। श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समाज सेबि चौधरीले समाजका पीडित दलित निमुखा ब्यक्तीहरुलाई सहयोग गर्दै आएका छन्।
उक्त बस्तीमा करिब ४५ घर धुरी मुसहर दलित बस्ती रहेका छन्। खानेपानी जडान हुँदा उक्त बस्तीका ब्यक्तीहरुले खुशी व्यक्त गरेका थिए। जडान गरेको खानेपानीको उदघाटन गर्दै चौधरीले उक्त धाराका पहिलो पानी उक्त बस्तीका सबभन्दा ब्योवृद्धहरुलाई समाजसेबि महेश चौधरीले खुवाएका थिए।