आज थपिए २ सय ४१ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २४ हजार ३९८पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १५ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २४ हजार ३९८पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ७४६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *