अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १५ गते।
बॉलीवुड एक्ट्रेस नोरा फतेही पनि कोरोना संक्रमित भएकी छन्।
जसको जानकारी उनले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत दिएकी हुन् ।
नोराले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनले आफूलाई कोरोना भएको पुष्टि गरेकी छिन् ।
नोराले लेखेकी छिन्–साथीहरू, दुर्भाग्यवश म यतिबेला कोविडसँग लडिरहेको छु । म केही दिनदेखि डाक्टरको निगरानीमा ओछ्यानमा छु। कृपया साथीहरू सुरक्षित रहनुहोस् र आफ्नो मास्क लगाउनुहोस्। यो धेरै छिटो फैलिरहेको छ र यसले सबैलाई कुनै न कुनै रूपमा असर गर्न सक्छ।