अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता,पुस १५ गते।
आज जनकपुरधाम मुरली चौक स्थित विद्यापति स्मारकमा श्री ५ युवराज धिराज पारश विर विक्रम शाह देब सरकार को ५१औ जन्मजयन्ती केक काटेर मनाइयो।

जन्मोत्सव कार्यक्रमको अगुवाई रा.प्र.पा का नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह ,नगर सचिव नविन झा तथा जिल्ला सदस्य मुन्नु झाले गर्नु भएको थियो।

कार्यक्रम मा रा.प्र.पा जिल्ला उपाध्यक्ष दाउद , चन्द्र मोहन चौधरी लगायत रा. प्र.पा का सद्स्य हरु लगायत स्थानीय तथा राष्ट्रवादि हरुको समेत सहभागिता देखियो।

कार्यक्रम मा हिन्दु राष्ट्र कायम गर ! राजसँस्था लागु गर,भ्रष्टचार बन्द गर लगायतका नाराहरु समेत लगाइयो!
बुधबार सांझा स्व: राजा विरेन्द्रको ७६ औ जन्मजयन्तीको उपलक्ष्यमा जनकपुरधाम जिरोमाइलमा दिप प्रज्वलन तथा माल्य अर्पण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा विष्ट अतिथिको रुपमा मनोज मल्ल, बिरेन्द्र कर्ण,दाउद, मुन्नु झा, सोमेन्द्र ठाकुर, मोहन साह,सुदिप झा,प्रेम झा लगायतक बिभिन्न रा.प्र.पा का नेतागन तथा राष्ट्र वादी युवाहरुको उपस्थित थियो। कार्यक्रमको सँयोजक रा.प्र.पा नगर सचिब नविन झाले गर्नु भएको थियो।

जिरोमाइल स्थित विरेन्द्र पार्कमा १५ वर्ष पछि पुनः आफ्नै स्थानमा उहा को पोस्टर झुन्डिएको छ!
छिट्टै उहा सालिक अवस्थित हुनछ,रा.प्र.पा का युवा नेता नविन झाले जानकरी दिनु भयो।