अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएको उक्त बैठक १० स्थगित गरिएको थियो ।
प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ । साथै यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय पर्खने कि भन्ने पक्षमा पनि नेताहरूबीच मतभेद छ ।
पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आज आइतबारदेखि पुन: सुरू गर्न लागेको हो।