अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ८ गते।
नेपाल-चीनबीचको व्यापारिक नाका तातोपानी विहीबारदेखि २० दिनका लागि बन्द हुने भएको छ।
सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न बिहीबारदेखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिनुभयो । पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उहाँको भनाइ छ ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि छिटो-छिटो गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ ।