दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भईन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ३० गते।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छन् ।

महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।     

उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए । ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान हिजो, आज र भोलि उत्तिकै छ । मैले संविधान प्रदत्त वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग मात्र गरेको हुँ भन्नुभयो’ उनले भने, ‘त्यही आधारमा उहाँको श्रीमानको जिम्मामा छाडियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *