अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १८ गते।
प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ आउने भएका छन्।
आइतबार मात्रै नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्न झापा पुगेका प्रधानमन्त्री ओली २ दिनपछि क्यान्सर अस्पतालको उदघाटनका लागि त्यता जान लाग्नुभएको हो।
झापाको विर्तामोडमा निर्माण भएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न प्रधानमन्त्री ओली मंगलबार झापा जान लाग्नुभएको हो। मंगलबार नै उहाँ मोरङको उर्लाबारीमा सन्थाल एकीकृत बस्ती शिलान्यास गर्न झापाबाट त्यता जानुहुने बताइएको छ ।
यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यकतालिका छ।