जनकपुरमा पूर्वप्रधानमन्त्री तथा जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको पुत्ला दहन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ११ गते।

जनकपुरमा पूर्वप्रधानमन्त्री तथा जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ ।

जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए। 

जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला जसपाकै नेता कार्यकर्ताले जलाएका हुन्। 

नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुत्ला दहन गरेको वडाध्यक्षले बताए ।

उनले मधेशी नागरिकले माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *