सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २१ गते।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।

मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको भनाइ छ ।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो।

बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान नै आजको मुख्य विषय हुने जनाए ।

प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यसवर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आहृवान भएकाले ढिलाइ भएको छ ।

तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *