चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ २१ गते।

चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *