प्रदेश नम्बर २ का प्रमुख राजेश झा पदमुक्त

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,भदौ १ गते।

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराज पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई मंगलबार प्रदेश प्रमुखको पदबाट मुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा पदमुक्त गरेको थियो ।

अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *