अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,असोज ३ गते।
अबैधरूपमा रूपमा भईरहेको वालुवा गिट्टी उत्खनन तथा निकासीमा रोकलगाएका छन्। लहान नगरपालीका २४ गोबिन्दपुर स्थित रहेको सरेखोलामा भई गरेको अबैध उत्खनन लाई स्थानीय द्धारा रोकलगाएका छन्।
खोलाबाट उत्खनन गरि ढुवानि गर्ने सम्पुर्ण गाडिलाई गाउँलेहरुको एक समुहले उत्खनन तथा ढुवानीमा रोकलगाएका छन्। उक्तगाउँमा केहि दिन अगाडि गठन भएको नागरिक वडा मंन्च गोबिन्द्पुरका समितिलाई ध्यानाकर्षण भएको छ् ।

उक्तठाँउमा बाटो निर्माण नहुनजेल सम्म खोलाबाट कुनै किसिमको उत्खनन हुन् नदिने नागरिक वडा मंन्च समितिको निर्णय रहेको स्थानीयको भनाईरहेको छ।बाटो निर्माण नहुन् जेल सम्म हाम्रो आन्दोलन जारी नै रहने गाउँका समाज सेबीहरुको भनाई छ।
उक्त विषयलाई लिएर लहान नगरपालीकाको मेयर मुन्नी साह र उक्त बडाका अध्यक्ष कमलदेब यादबलाई पटक-पटक रोड बाटो निर्माण गर्न आग्रह गरेपनी कुनै किसिमको पहल कदमि नचालेको स्थानीयको आरोप रहेको छ।
खोलाबाट उत्खनन गरि ढुवानि गर्ने गाडिलाई मात्र रोक लगाएका छौ । ध्यानाकर्षण पत्र केहिदिन अगाडि पनि मेयर साह र वडा अध्यक्ष यादब हालको नदि ठेकेदार र ईलाका प्रशासन लहानलाई समेत बुझाईएको छु।