अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २२ गते।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।
यही कात्तिक ११ गते पाँच दलिय संयुक्त गठबन्धनका तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुनहुन्छ । उहाँले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव यसअघि नै प्रदेश सचिवालयमा दर्ता भइसकेको छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनका लागि कम्तिमा ५५ सांसदको समर्थन चाहिन्छ । हाल बाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् ।
पाण्डेलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन रहेको हुँदा उहाँले विश्वासको मत पाउने सम्भावना छ । किनकी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जनाले मुख्यमन्त्री पाण्डेलाई मत दिनेछन् ।