छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हान्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक २२ गते।

छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्।

सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके-४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।

गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ। उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *