राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा ६ वटा अध्यादेश जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १६ गते।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ६ वटा अध्यादेश जारी गरेकी छन्। 

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गरेको प्रवक्ताले जानकारी दिए। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।

त्यस्तै तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरेकी छन् ।

बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *