टी २० विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १८ गते। 

टी २० विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो ।

अफगानिस्तानलाई ६६ रनले हराउँदै युएईमा जारी टि-२० विश्वकप २०२१ मा भारतले पहिलो जित दर्ता गरेको छ। 

ओपनरद्वय केएल राहुल र रोहित शर्माले १ सय ४० रनको साझेदारी गरेको खेलमा भारतले २ विकेट गुमाएर अफगानिस्तानसामु २ सय ११ रनको विशाल चुनौती पेश गरेको थियो । रोहितले ४७ बलमा ३ छक्का र ८ चौकासहित ७४ तथा राहुलले ४८ बलमा २ छक्का र ४ चौकासहित ६९ रन बनाएका थिए ।  त्यस्तै, हार्दिक पाण्डेयले १३ बलमा अविजित ३५ र रिसब पन्तले १३ बलमा अविजित २७  रन बनाए । 

जवाफमा अफगानिस्तानले १ सय ४४ रनमात्रै बनाउन सक्यो । अफगानिस्तानबाट कप्तान मोहमद्द नाबीले ३२ बलमा ३५ र करिम जनतले २२ बलमा अविजित ४२ रन बनाए । भारतबाट रविचन्दन आश्विन र महोमद्द सामीले २-२ विकेट लिए ।

भारतले जारी प्रतियोगितामा हासिल गरेको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारतलाई दोस्रो खेलमा न्युजिल्यान्डले ८ विकेटले हराएको थियो । यस समूहमा लगातार चार खेल जितेको पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । तर, सेमिफाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्न बाँकी छ ।

यसअघि दुई खेल जितेकाले आजको हारका बाबजुद पनि अफगानिस्तान सेमिफाइनल पुग्ने संभावना कायमै छ । तर त्यसका लागि उसले न्युजिल्यान्डलाई हराउनुपर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *