वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,कार्तिक १८ गते।

वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।

विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।  

महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुखले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।

घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८-०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *