अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १९ गते।
पाकिस्तानको दक्षिणपश्चिमी बलूचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कोइला खानीमा काम गरिरहेका कम्तिमा ११ जना मजदुरहरुको अपहरण गरी गोली हानेर हत्या गरेका छन् ।
प्रहरीका अनुसार खानीमा काम गरिरहेका यी मजदुरहरू आफ्नो काममा जाँदै थिए कि अज्ञात बन्दुकधारीहरूले उनीहरूलाई अपहरण गरे र नजिकैको पहाडमा लगेर गोली हानेर हत्या गरिदिए ।
यस घटना पछि उक्त क्षेत्रमा प्रहरी बलको भारी तैनाती गरिएको छ। छ जना मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य जनाको अस्पताल लैजाँदा बाटोमा मृत्यु भयो।