अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस १९ गते।
दुईजना भारतीय नागरिक अटोमेटिक पेस्तोलसहित महोत्तरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् ।
मादक पदार्थ सेवन गरी महोत्तरीको मनरा सिसवा नगरपालिका १० मरुवाहीमा स्थानीयसँग दुबैजनालई विवाद गरेका थिए । विवाद पश्चात भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।
उनीहरुको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले बताए ।